आईपीएलमा आज पञ्जाव र राजस्थान भिड्दै

एजेन्सी, युएईमा जारी १३औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी(ट्वान्टी क्रिकेटमा आज किङ्स इलाभेन पन्जाब र राजस्थान रोयल्सबीच खेल हुँदैछ ।प्ले अफ दौडमा रहेका पन्जाब र राजस्थान दुबैलाई जित्नै पर्ने दबाब छ । आबुधाबीमा खेल्नेछ । पन्जाब र राजस्थानबीचको खेल नेपाली समय अनुसार बेलुका ७:४५ बजे सुरु हुनेछ ।

शेख जायद क्रिकेट स्टेडियममा पन्जाब सातौँ जितको खोजीमा हुनेछ । पन्जाब १२ खेलमा १२ अंक जोड्दै तालिकाको चौंथो स्थानमा रहेको छ ।

केएल राहुलको कप्तानीमा मैदान उत्रने पन्जाब राजस्थानलाई हराएर प्ले अफ यात्रा बलियो बनाउन चाहन्छ । पछिल्लो खेलमा पन्जाबले उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।

यस्तै पन्जाब राजस्थानसँग अघिल्लो खेलमा व्यहोरेको हारको बदला समेत लिन चाहन्छ । यसअघिको भेटमा पन्जाबलाई राजस्थानले ४ विकेटले हराएको थियो ।

स्टिभ स्मिथको कप्तानीमा रहेको राजस्थानलाई भने पन्जाबविरुद्धको खेल महत्वपूर्ण रहेको छ ।

प्ले अफको सम्भावना कायम राख्न पनि राजस्थानलाई जितको विकल्प छैन । १२ खेलमा १० अंक जोडेको राजस्थान सातौं स्थानमा रहेको छ ।