कटुवा पेस्तोल सहित दुई जना पक्राउ

सिरहा, प्रहरीले सिरहामा कटुवा पेस्तोल र लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा कर्जन्हा नगरपालिका –२ बन्दीपुरबजारका २२ वर्षीय डिम्पल यादव र २२ वर्षीय प्रेमनाथ यादव रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम पौडेलका अनुसार उनीहरूलाई इलाका प्रहरी कार्यालय बन्दीपुर सिरहाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

डिम्पलको साथबाट कटुवा पेस्तोल एक थान, त्यसमा प्रयोग हुने एक थान गोली र नाईट्रोभेट ट्याब्लेट छ पिस बरामद गरिएको प्रहरीले जनाएको छ ।