विप्लव नेकपाका कार्यालय सचिव महरा पक्राउ

कञ्चनपुर, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका कञ्चनपुर कार्यालय सचिव पक्राउ परेका छन् ।कार्यालय सचिव शंकर महरालाई आगजनी, विस्टफोटन जस्ता घटनामा संलग्न रहेको आरोपमा प्रकाउ गरिएको प्रहरीले जनाएको छ ।

भीमदत्त नगरपालिका १८ गोबरैया क्षेत्रबाट महरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए।

आफ्ना पार्टी सचिव पक्राउ परेपछि नेकपा कञ्चनपुरले महराको स(सम्मान रिहाईको माग गरेको छ । महरालाई प्रहरीले झुटा मुद्दा लगाएर फसाउने काम गरेको उसले जनाएको छ ।