भारतीयलाई नागरिकता दिलाउन सिफारिस गर्ने वडाध्यक्ष पक्राउ

धनगढी, कैलालीमा भारतीय नागरिकलाई वंशजका आधारमा नेपाली नागरिकता दिलाउन सिफारिस दिएको आरोपमा एक वडाअध्यक्ष पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१२ का वडाध्यक्ष गणेशप्रसाद जोशी रहेका छन्।२० फागुन २०७५ मा वडा नम्बर १२ कै हिम्मतपुर शिविरका पुनिराम चौधरी नक्कली बुवा बनेको सिफारिस गरेको भेटिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक दिलिप देउवाले बताए।

अन्सारी हाल टीकापुर नगरपालिका–७ मा बस्दै आएका छन्। नक्कली बुवा बन्ने चौधरी फरार छन् भने उनका दाजु खुसीराम चौधरीलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक देउवाले बताए। वडाध्यक्ष जोशीलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।