अछाममा धारिलो हतियारको आक्रमणबाट १ जनाको मृत्यु

अछाम, अछाममा धारिलो हतियारको आक्रमणबाट एक जना विद्यार्थीको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृत्यु हुनेमा ढकारी गाउँपालिका वडा नं। ३ चैतेखालीका २० वर्षीय देवेन्द्र थापा रहेको छन् । उनीसंगै रहेका १५ वर्षीय ईन्द्र थापा घाईते भएका छन् । उनको अवस्था गम्भीर छ ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा ढकारी गाउँपालिका(३ झ्याईसल्ला बस्ने ४२ नरेन्द्र बहादुर बुढालाई पक्राउ गरेको छ । बुढाले धारिलो हतियारको आक्रमण गरी एक जनाको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणमा परी घाईते भएका ईन्द्र थापाको कम्मर मुनिको भाग चल्दैन । उनको जिल्ला अस्पताल मंगलसेनमा उपचार भईरहेको छ ।

सोमवार राति साढे १२ बजे चैतेखालीबाट ढकारी जादै गरेका उनीहरुमा बुढाले आक्रमण गरेको बताईएको छ । आक्रमण गरेको आरोपमा बुढालाई बिहान साढे ४ बजे पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले घट्नाका सम्बन्धमा अनुसन्धान भईरहेको जनाएको छ। हत्या भएका देवेन्द्र अहिले ९ कक्षामा अध्ययनरत थिए ।