अखिल क्रान्तिकारीद्धारा प्राध्यापक भण्डारी प्रति श्रद्धाञ्जली व्यक्त

नेपालगन्ज, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातृ संगठन अखिल (क्रान्तिकारी)ले महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक डोल बहादुर भण्डारीप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।आईतवार संगठनको तर्फबाट बाँके जिल्ला अध्यक्ष डिबि शाहीले हार्दिक श्रद्धाञ्जली एवंम् समवेदना वक्तव्य जारी गर्दै भण्डरीको मृत्युले संगठनलाई निक्कै दुखित एवंम् स्तब्ध तुल्याएको जनाएका छन् । साथै सोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् ।

साथै अध्यक्ष शाहीले प्राध्यापक भण्डारीको निधनले बाँके जिल्लाको शैक्षिक क्षेत्रमा अपुरणीय क्षेति हुन पुगेको पनि वताएका छन् ।

अध्यक्ष शाहीले वक्तव्यमा भनेका छन,’बाँके जिल्ला मात्र नभएर पश्चिम क्षेत्रकै पुरानो र प्रतिष्ठित क्याम्पसको रुपमा रहेको महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा लामो समय देखि शिक्षण पेशा अङ्गाल्दै आउनुभएका बाँकेको खजुरा गाउँपालिका निवासी प्राध्यापक आदरणीय डोलबहादुर भण्डारी सरको यही मिती २०७७ कार्तिक ७ गतेका दिन ५० वर्षको उमेरमा भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा भएको असामयिक निधनको खबरले हाम्रो संगठनलाई निक्कै दुखित एवंम् स्तब्ध तुल्याएको छ । उहाँको निधनले बाँके जिल्लाको शैक्षिक क्षेत्रमा अपुरणीय क्षति हुन पुगेको छ । यस दुस्खद घडीमा प्राध्यापक आदरणीय डोलबहादुर भण्डारीप्रति हाम्रो गौरवशाली संगठन हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दछ ।’

यस्तो छ वक्तव्य