कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एक घाइते

ललितपुर,  ललितपुरको नख्खुमा कारले ठक्कर दिंदा गए राति मोटरसाइकल चालकको ज्यान गएको छ भने एक जना गम्भिर घाइते भएका छन् ।

बा ८ च १५८१ नम्बरको कारले को २९ प ५०६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलका चालक सिरहा घर भइ ललितपुरको थकसीखेलका २८ वर्षीय इलु घलेको ज्यान गएको प्रहरीले जनाएको छ ।

यस्तै मोटरसाइकलका पछाडि बस्ने मकवानपुर हात्तीसुढे घर भइ ललितपुरको जावलाखेल बस्ने २१ वर्षीय सजित परियारको पाटन अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।