२४ घण्टामा २८४६ कोरोना संक्रमित डिस्चार्ज

काठमाडौं,  पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ४६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जानकारी दिएको छ।

यो सँगै नेपालमा एक लाख ८ हजार ३ सय ३४ जना संक्रमित उपचारपछि निको भएका छन्। मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको संख्या ६९ दशमलभ ८ प्रतिशत रहेको छ।

मन्त्रालयका अनुसार देशभर १३ हजार ४६ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै १३ लाख ८० हजार ८ सय ६२ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार ३ हजार ३ सय २२ जना क्वारेन्टाइनमा छन्। नेपालमा ४६ हजार ५७ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।