यस्तो छ कर्णालीमा प्रचण्डको छड्के प्रहार ! प्रधानमन्त्री ओलीको हार

(प्रमाणसहित)

काठमाडाैँ, नेकपा कर्णाली प्रदेशको विवाद कारण प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालविच ध्रुविकरण वढेको छ । कणालीको विवादलाई लिएर यसअघि दुई अध्यक्षविच टेलीफोनमै झगडा परेको विषय वाहिर आएको थियो ।

पछिल्लो पटक पार्टी र सरकारमा देखिएको समस्या समाधानका लागि दुई अध्यक्षले जारी गरेको छुट्टाछुट्टै निर्देशनले उनीहरुको विचको टकराव सतहमा आएको छ । अध्यक्ष ओलीले कार्तिक ५ गते जारी गरेको निर्देशनको खण्डन हुने गरी कार्तिक ७ गते कार्यकारी अध्यक्ष दाहालले अर्को निर्देशन जारी गरेका छन् ।

अध्यक्ष ओलीले कर्णाली प्रदेश सभा नेकपा संसदीय दलका प्रमुख सचेतकबाट हटाइएका गुलाबजंग शाहलाई पुनः सोही पदमा कायम गर्न निर्देशन दिएका थिए । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको निर्देशनमा अविश्वासको प्रस्तावमा हस्ताक्षर नगरेका र इमान्दारीपुर्वक काम गरेका शाहलाई प्रमुख सचेतकको जिम्मेवारीमा फर्काउन निर्देशन दिईएको थियो ।

‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का हामी दुई अध्यक्षहरुवीच कार्तिक ४ गते मंगलवार विहान प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटघाटमा कर्णाली प्रदेशको विषयमा छलफल भई अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतक सम्वन्धी विषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाव दिने समझदारी भएको थियो’ दाहालद्वारा जारी निर्देशनमा भनिएको छ –सो समझदारी र हाम्रो दलको प्रदेशसभा सदस्यहरुको भावना र मर्म अनुसार कार्यान्वयन गर्न निर्देशन गर्दछु।’

कार्यकारी अध्यक्ष दाहालको निर्देशनमा यमलाल कँडेल, प्रकाश ज्वाला र कालीबहादुर मल्ल, पार्टी प्रदेश कमिटी अध्यक्ष गोरखबहादुर बोगटी र सचिव मायाप्रसाद शर्मालाई वोधार्थ दिईएको छ । मुख्यमन्त्री शाहीविरुद्ध ल्याएको अविश्वासको प्रस्ताव भने संसदीय दलको बैठकको बहुमतले अस्वीकृत गरेको छ ।