पूर्वप्रधानमन्त्री भट्टराई दम्पतीलाई कोरोना पुष्टी

काठमाडौँ, पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र उनकी पत्नी हिशिला यमीलाई कोरोना संक्रमण भएको छ ।

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्षसमेत रहेका डा.भट्टराईले शनिवार सामाजिक सञ्जाल ट्वीटरमा एक स्टाटस लेख्दै आफू र हिसिलामा कोरोना पुष्टी भएको जनाएका छन् ।

शुक्रवार गरिएको स्वाब परीक्षणमा कोरोना पोजिटिभ आएको र होम आइसोलसनमा बसेको डा. भट्टराईले लेखेका छन् ।