अविवाहित र एकल पुरुषलाई मासिक भत्ता
प्रकासित मिति : २०७७ कार्तिक ८, शनिबार ०८:१७
प्रकासित समय : ०८:१७
ताप्लेजुङ, अविवाहित र एकल पुरुषलाई पनि भत्ता ? सुन्दा अनौठो लोगेपनि ताप्लेजुङको फुङलिङ नगरपालिकाले गत दुई वर्षदेखि अविवाहित यो सेवा दिँदै आएको छ ।
सो नगरपालिकाले एकल पुरुष र अविवाहित ७६ जनालाई मासिक एक हजारको दरले नगरपालिकाको अन्तरिक स्रोतबाट मासिक भत्ता दिदै आएको फुङलिङ नगरपालिकाका उपमेयर तारा भट्टराईले बताए ।
६० वर्ष पूरा भएका ७० वर्ष नकाटेको एकल पुरुषलाई समाजिक सुरक्षा भत्ता दिँदै आएको फुङ्लिङ नगरपालिकाका प्रवक्ता महोन न्यौपानेले जानकारी दिए ।