इरान र रुसले निर्वाचन प्रभावित पार्न खोजेको अमेरिकी गुप्तचर निकायको आरोप

वासिङ्टन, अमेरिकी गुप्तार निकायका अधिकारीहरुले इरानले अमेरिकी चुनावलाई प्रभावित पार्न डेमोक्रेटिक मतदाताहरुलाई डर धम्की देखाउँदै इमेल पठाएको आरोप लगाएको छ ।न्यासनल इन्टेलिजेन्सका निर्देशक जोन र्‍याटक्लिफले ती इमेल चरण दक्षिणपन्थी ट्रम्प समर्थक समूहबाट अमेरिकामा अस्थिरता पैदा गराउनका लागि पठाइएको दाबी गरे । निर्देशक र्‍याटक्लिफले अमेरिकी अधिकारीहरुले रुस र इरानले अमेरिकी मतदाताको व्यक्तिगत जानकारी अवैधानिक रुपमा हासिल गरेको पनि पत्ता लगाएको बताए ।

अमेरिकामा राष्ट्रपति चुनाव हुनुभन्दा १३ दिनअघि अमेरिकी सुरक्षा निकायमा उच्च अधिकारीबाट यस्तो कुरा आएको हो । आउँदो नोभेम्बर ३ मा हुने चुनावमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले कडा टक्कर दिँदैछन् । कतिपय मत सर्वेक्षणमा ट्रम्पभन्दा बाइडेन अगाडि देखिएका छन् ।

वासिङ्टनमा आयोजित ब्रिफिङमा निर्देशक र्‍याटक्लिफले इरानले फर्जी इमेल पठाएर अन्योल पैदा गर्दै प्रजातन्त्रप्रतिको अमेरिकी नागरिकको आत्मविश्वासलाई कमजोर पार्ने प्रयास गरेको आरोप लगाए ।

रुसले इरानले झैं नगरे पनि अमेरिकी मतदाताबारे सूचना भने प्राप्त गरेको निर्देशक र्‍याटक्लिफले बताए । उनले अमेरिकी नागरिकलाई डर देखाउने र तथ्य तोडमोड गरी आएका इमेलबाट नडराउन र त्यसलाई नफैलाउन पनि आग्रह गरेका छन् । ती सूचना रुस र इरानले कसरी प्राप्त गरे भन्नेबारे भने निर्देशक र्‍याटक्लिफले केही बताएनन् ।

ब्रिफिङमा अमेरिकीको संघीय अनुसन्धान ब्युरो ९एफबीआई० का निर्देशक क्रिस्टोफर रेसमेत उपस्थित थिए । उनले अमेरिकी चुनाव प्रणाली अहिले पनि सुरक्षित रहेकाले नआत्तिन आग्रह गरे । ुतपाईं ढुक्क हुनुहोस् तपाईंको मतले अर्थ राख्छ,ु उनले भने ।

यसअघि सन् २०१६ को राष्ट्रपतीय चुनावमा पनि रुसले प्रभावित गर्न खोजेको आरोप लाग्दै आएको छ । रुसले त्यसलाई अस्वीकार गर्दै आए पनि ट्रम्पलाई जिताउन डेमोक्रेटिक पार्टीको कम्प्युटर प्रणाली रुसले ह्याक गरेको आरोप लाग्ने गरेको छ ।