गरिबी र दशैं

कविता

बेशिं खेतमा लहलह मार्सी धान झुल्दा ।
आँगनिमा मखमली-सयपत्री फुल्दा ।।
भाइलाई सम्झिएर नरुनु है दिदी ।
अर्को बर्ष आउँला नि बाचेँ भने यदि ।।
टालटुल गरेर नै चलाउनु पोहर् साल्कै लुगा ।
प्रदेश् बाट सम्झदैछुँ प्यारी आमा वुवा।।
यस्तै भयो यस् पाली नि कर्मै रै’छ खोटी।
फोटोमा नै माला हाल्नु है दिदी यो चोटि।।
पठाइदिनु दाजु भन्थिँ बहिनिले जामा।
यसपालि आउदिँन नरोइवस्नु आमा।।
साहुको ॠण् तिरेँ भने आन्छुँ अर्को बर्ष।
सब् मिलि संगै मिलि गरौंला खुशी हर्ष।।
पोहोर् साल्को देउसिमा थियौ साथी संगै।
यस्पालिको खबरले मन भा’छ दंगै।।
गाइतिहार् भाइटिका दुर्गा लक्ष्मी पुजा।
घरदेश्को खबरले मनै धुजा – धुजा।।
तातो घाँम्मा रातो रगत् चुहाउदैं ऐंल्यै।
श्रम शोषण् तुच्छ दर्जा अपमान जैल्यै।।
साथिसंगी सहकर्मी घर ग’को देख्दा।
खाली हुन्छन् नयन यी आँसु खस्दा खस्दा।।
भक्कानोमै बितेका छन् रातहरु कयौं।
केही मात्र जिवित् छन मरे स्वप्ना सयौं।।
चर्को ब्याज्मा निकालेर साहुबाट ॠण।
कमाई हुन्न बचत् हुन्न कस्तो भयो दीन।।
छानो फेर्ने झुपडीको छोरो पढ्ने शहर्।
चाहनामै बिलिन् भए यस्तै अनेक् रहर्।।
स्वदेशमै पैसा फल्ने भ’को भए रुख।
किन धाउथें परदेश्मा किन हुन्थ्यो दु:ख।।