खेतवाट धान बोकेर आउदै गरेको ट्याक्टर पल्टिदा १ जनाको मृत्यु, ३ घाईते

नेपालगन्ज, बाँकेको जानकी गाउँपालिकामा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।मंगलबार साझ जानकी गाउँपालिका वडा नं. ३ रमुवापुर गाउँमा खेतवाट धानबालि लोड गरेर आउदै गरेको भे १ त ५४२४ नम्बरको ट्याक्टर दुर्घटना हुदा त्यसमा सवार १ जनाको घटनास्थलमै मृत्यु भएको हो । साथै ट्याक्टरमा सवार अन्य ३ जना घाईते भएका छन ।मृत्यु हुनेमा जानकी गाउँपालिका वडा नं.३ रामपुर गाउँका स्थानिय ३६ बर्षिय बालिराम पसी रहेका छन् । भने घाईते हुनेमा स्थानिय शिवकुमार पासि, गोबिन्द पसि, र गोलि बर्मा रहेको छन ।

मंगलबार साझा करिब ५ बजे तिर धानबाली बोकेर गुडिरहेको ट्याक्टर एक्कासि रोड बाट तल खसेर दुर्घटना भएको स्थानियले बताएका छन् । मृत्यु हुने ब्याक्ती बिदेशबाट अाएको भर्खरै ३ दिन मात्र भएको थिएको मृतकका दाजु आबरन पसिले बताए ।