रानीपोखरी पुनर्निर्माणको उद्घाटन गरिंदै

काठमाडौं,  राष्ट्रपति विद्यादेवी भण्डारीले विनासकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक रानीपोखरी र दरबार हाइस्कुलको आज उद्घाटन गर्दैछिन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार आज मध्यान्ह १२ राष्ट्रपति भण्डारीले पहिला रानीपोखरी र त्यसपछि दरबार हाइस्कुलको उद्घाटन गर्ने कार्यक्रम छ ।

मल्लकालीन शैलीमा रानीपोखरीको पुनर्निर्माण नेपाल सरकारले गरेको हो भने दरबार हाइस्कुलको पुनर्निर्माण छिमेकी चीनको सहयोगमा भएको हो । विसं. २०७२ वैशाख १२ को गोरखा भूकम्पबाट क्षतिग्रस्त सम्पदा र ऐतिहासिक स्थलहरुको पुनर्निर्माणमा यो एक महत्वपूर्ण काम मानिएको छ ।