७८ जना संक्रमित भेन्टिलेटरमा, २७३ जना आईसीयूमा

काठमाडौं,कोरोना संक्रमणबाट सिकिस्त भएका ७८ जनाका मुलुकका विभिन्न अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा १६, प्रदेश २ मा एक र बागमती प्रदेशमा ४९ जना संक्रमित भेन्टिलेटरमा छन्। यस्तै गण्डकीमा चार, लुम्बिनीमा पाँच र सुदूरपश्चिममा तीन जना भेन्टिलेटरमा छन्।

मन्त्रालयका अनुसार आज २७३ जना संक्रमितको आईसीयूमा उपचार भइरहेको छ। प्रदेश १ मा ३०, प्रदेश २ मा १० र बागमती प्रदेशमा १५० जना आईसीयूमा छन्। यस्तै गण्डकीमा २०, लुम्बिनीमा ४८, कर्णालीमा सात र सुदूरपश्चिममा आठ जना आईसीयूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ