काठमाडौंमा थपिए १७०२ कोरोना संक्रमित

काठमाडौं, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १७०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १४३१, भक्तपुरमा १४८ र ललितपुरमा १२३ गरी जम्मा १७०२ जना संक्रमित थपिएका छन् ।

यसअघि सोमबार (हिजो) काठमाडौंमा २००८, भक्तपुरमा ९९ र ललितपुरमा २८१ गरी जम्मा २३८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।