भन्सार एजेन्टको घरबाट २२ किलो सुन बरामद

वीरगञ्ज, पर्सामा प्रहरीले एक घरमा छापा हानी २२ किलो सुन बरामद गरेको छ ।

पर्साको वीरगञ्ज–५ स्थित भारतीय नागरिकको घरमा छापा हानी प्रहरीले २२ किलो सुन बरामद गरेको हो । भन्सार कार्यालय एजेन्ट समेत रहेका उनको घरमा शनिबार दिउँसो प्रहरीले छापा हानी ठूलो परिमाणको सुन बरामद गरेको हो ।

अहिले पनि अप्रेसन जारी रहेको प्रहरी उच्च स्रोत जानकारी दिएको छ । घटना अनुसन्धानको काम चलिरहेकाले थप विवरण आउन केहि समय लाग्ने स्रोतको भनाइ छ ।