गजल

 

बहिनी भन्छिन् जसरी नि आउनैपर्छ दाजु
चाडबहाडमा खुसियाली छाउनैपर्छ दाजु ।

आगँनिमा मखमली-सयपत्री ढकमक्क,
यसपाली त टिका-माला लाउनैपर्छ दाजु ।

कोरोनाको कहर भए नि बाहिर यत्रतत्र,
घरमै बसि देउसीको गित गाउनैपर्छ दाजु ।

महँगो सामान उपहार नभएनि हुन्छ मलाई,
निश्चल मनको आशिष् त पाउनैपर्छ दाजु ।

खर्चिलो र भड्किलो छन दशैं तिहार अचेल,
सबै मिलि विकृति लाई हटाउनैपर्छ दाजु ।