भारतमा भोलीबाट फिल्म हल खुल्दै

एजेन्सी, भारतका अधिकांश राज्यमा भोलीबाट हल खुल्दैछन् । करिब ७ महिना बन्द भएका हलहरु भोलीबाट संचालनमा आउने भएका छन । कुन चलचित्र रिलिज हुन्छन् भन्ने पनि चर्चा चलिरहेको छ ।

कोरोना महामारीभन्दा अगाडि प्रदर्शनको तयारीमा रहेका ठूला फिल्म अहिले प्रदर्शनका लागि अगाडि नसरेपछि हल सञ्चालकहरु पुरानै फिल्म रिः रिलिज गर्न बाध्य भएका छन् ।ट्रेड एनालिस्ट तरण आदर्शले बिहीवारबाट सिनेमा हलमा रि(रिलिज हुने फिल्मको जानकारी दिएका छन् । उनले ट्विटरमा लेखेका छन्, ‘यो हप्ताबाट सिनेमा हल खुल्दैछ । ६ हिन्दी फिल्म यो हप्ता रि(रिलिजका लागि घोषणा गरिएको छ ।

यसमा ‘तन्हाजी, वार, शुभ मंगल ज्यादा सावधान, मलंग, थप्पड र केदारनाथ’ सामेल छन् । आगामी दिनका लागि अरु फिल्म तयारी गरिँदैछ ।