आइपिएलमा दिल्ली क्यापिटल्स र राजस्थान रोयर्ल्सबीच खेल हुँदै

एजेन्सी, युएईमा जारी आइपिएलमा आज दिल्ली क्यापिटल्स र राजस्थान रोयर्ल्सबीच खेल हुँदैछ । खेल नेपाली समयानुसार ७ः४५ बजे दुबई अन्तराष्ट्रिय रंगशालामा हुनेछ । अंक तालिको दोस्रो स्थानमा रहेको दिल्लीलाई सातौँ स्थानमा रहेको राजस्थानले चुनौती दिन लागेको हो । जारी सिजनमा ७ खेलमा ५ मा जित निकालेको दिल्ली आजको खेलमा राजस्थानलाई हराउँदै तालिकाको शिर्षस्थानमा पुनस् उक्लने दाउमा छ ।

यता, पछिल्लो खेलमा जित निकालेको राजस्थान भने आजको खेलमा उच्च मनोबलका साथ मैदानमा उत्रिदैँछ । दिल्ली श्रेयस लेयरको कप्तानीमा ऋषभ पन्त, पृथ्वी श, शेखर धवन, मार्कुस स्टोनिस, कागिसो रवडालगायतका खेलाडीको साथमा उत्कृष्ट लयमा छ । राजस्थान भने अस्ट्रेलियन ब्याट्सम्यान स्टेभ स्मिथको नेतृत्वमा सञ्जु सामसन, राहुल तिवाटिया, वेन स्टोक्स, जोस बटलर, जोफ्र आर्चर, टम कुरनलगायत अनुभवी खेलाडीको साथ मैदानमा उत्रिदैँछ ।

हेड टु हेडुको आंकडा हेर्दा राजस्थान बलियो देखिएको छ । यी दुई टोलीबीच खेलिएका २१ खेलमा ११ राजस्थान र १० मा दिल्ली विजयी भएका छन् । तर, पछिल्लो खेलमा दिल्लीले राजस्थानलाई ४६ रनले हराएको थियो ।