बाँकेको राष्ट्रिय युवा संघको स्थानिय नेतृत्वमा नयाँ अनुहार
बाँके कोहलपुर, सत्तारूढ ढल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) निकटको युवा संगठन राष्ट्रिय युवा संघ बाँकेले समायोजनको टुङ्गो लगाए संगै जिल्ला र स्थानिय स्तरमा नेतृत्वका नयाँ अनूहारहरु देखिएका छन् । मंगलबार समायोजनको टुङ्गो लगाए संगै कोहलपुर नगरपालिकको जिम्मेवारी नवकिरण शाह र विपिनजंग शाहीलाई दिएको छ ।

राष्ट्रिय युवा संघ बाँकेले उनिहरु दुई जना मध्य संयोजकमा शाह र सह(संयोजक शाहीलाई जिम्मेवारी दिएको हो । साबिकको वाइसीएल र युवा संघको समायोजन पछि बनेको राष्ट्रिय युवा संघले पहिलो पटक कोहलपुर नगरपालिका लगायत बाँकेका अन्य ८ वटा स्थानिय निकायहरुमा पनि नयाँ अनुहारहरुलाई जिम्मेवारी दुइएको हो ।
साविकको युवा संघबाट नवकिरण शाह र वाइसीएलबाट विविनजंग शाही(आदित्य)लाई कोहलपुर नगरपालिकाको नेतृत्वको रुपमा जिम्मेवारी दिईएको राष्ट्रिय युवा संघ बाँकेका सह(सयोजक आकाश कार्कीले जानकारी दिए ।
त्यसैगरी नेपालगन्ज उपमहानगरपालिकाको संयोजकमा इमाम खान र सह(संयोजक प्रविन बिसी, बैजनाथ गाउँपालिका संयोजकका अगन मल्ल र सह(संयोजकमा विवेक विक्रम शाह, राप्ती सोनारी गाउँपालिकाको संयोजकमा समीर बिष्ट र सह(सयोजकमा सेर बहादुर खडका९सुजल० चयन भएका छन् ।
साथै खजुरा गाउँपालिका संयोजकका छबिलाल बिष्ट र सह(संयोजकमा विकाश टाउछा, जाँनकी गाउँपालिका संयोजकमा अशोक भण्डारी र सह(संयोजकमा केशब शर्मा, डुडुबा गाउँपालिका संयोजकका रिजुवा खा र सह(संयोजकमा सगि अलि सैव र नरैनापुर गाउँपालिका संयोजकमा गुरु वचन र सह(संयोजकमा अयुव खालाई जिम्मेवारी तोकिएको नेता कार्कीले जानकारी दिए ।
त्यस्तै राष्ट्रिय युवा संघ बाँकेमा ७१ सदस्यीय नया जिल्ला कमिटि बनेको छ । जसमध्य साबिकको वाइसीएलबाट ३४ जना र युवा संघबाट ३७ गरेर ७१ जनालो जिल्ला कमिटी बनाइएको हो ।
साबिकका दुईवटा संगठनको समायोजन भएर बनेको राष्ट्रिय युवा संघले केन्द्रमा संगठनको टुङ्गो लगाए पनि जिल्ला सस्तरमा संयोजक र सह(संयोजकको जिम्मेवारी तोकिने बाहेक समायोजनका बाकि कामहरु हुन सकेका थिएनन् । केही समयअघि जिल्लाको ईन्चार्ज र सह(ईन्चार्जको टुङ्गो लागेसँगै बाँकेमा दुई संगठन बिचको एकताले पूर्णता पाएको हो ।
राष्ट्रिय युवा संघ बाकेका संयोजक कुस्माखर बस्याल र सह(संयोजक आकाश कार्कि तथा ईन्चार्ज सुरज जागा र सह(ईन्चार्ज खेमराज शर्मा लगाएतको बैठकले ८ वटै पालिकाका संयोजक र सह(संयोजकको टुङ्गो लगाएको हो । त्यसैगरी संघले निर्वाचन क्षेत्रको संयोजक तथा सह(संयोजकको जिम्मेवारी समेत बाँडफाँड गरेको बताईएको छ ।
सबैतहका कमिटिको टुङ्गो लागेसँगै युवासंघ बाँकले नेपाल कम्युनिस्ट पार्टी९नेकपा० बाँकेका अध्यक्ष आईपी खरेललाई मंगलबार नामावली बुझाएको छ ।

