गाउमै पढ्न पाउने भए उच्च शिक्षा

जाजरकोट, कुशे गाउँपालिकामा उच्च शिक्षा पढ्न पाईने अवसर सिर्जना भएको छ । पालिकाको वडा ९ पैंकमा मालिका बहुमुखी क्याम्पस उद्धघाटन गरे संगै अव कुशेमा उच्च शिक्षा पढ्न पाईने भएको हो ।

जिल्लाको विकट मानिएको कुशे गाउँपालिकामा उच्च शिक्षा पढ्न बाट सयौँ विद्यार्थी बञ्चित हुनुपरेको अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले क्याम्पस सञ्चालनमा ल्याएको हो । दुर्गम गाउँमा उच्च शिक्षा प्रदान गरिने योजनाका साथ क्याम्पस सञ्चालन गरिएको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए ।

क्याम्पसको उद्धघाटन गरे संगै सयौँ विद्यार्थी निकै हर्षित भएका छन । कुशे प्रमुख,उपप्रमुख,कार्यकारी लगायत कुशे का विभिन्न वडाका वडा अध्यक्ष ,पार्टी प्रतिनिधि, विद्यालयका प्र अ ,विभिन्न सरकारि तथा गैरसरकारी निकाय का प्रतिनिधि ,सरोकारवालाहरुको सहभागिता रहेको नरेन्द्र आर.सीले जानकारी दिएका हुन ।