भारतीय गायिका नेहाको विवाह चर्चामा

एजेन्सी, बलिउडकी चर्चित गायिका नेहा कक्कड ब्रेकअपको खबरपछि लगातार चर्चामा रहिन् । ब्रेकअपले उनका पूर्व प्रेमी हिमांश कोहली र नेहाले एकअर्कालाई दोष थोपरे ।

तर अहिले नेहा जीवनमा अगाडी बढेकी छन् । उनको जीवनमा फेरी एक पटक प्रेमले प्रवेश पाएको छ । यतिबेला फेरि उनको विवाहको चर्चा चलेको छ। भारतीय मिडियाहरूले एकाएक उनको विवाहको चर्चा गरेपछि उनी भाइरल नै बनेकी छन् । अभिनेत्री काजल अग्रवालको विवाहको चर्चासँगै उनको विवाहको पनि चर्चा चलेको थियो ।

भारतीय समाचार एजेन्सीका अनुसार नेहाले यहि अंग्रजी महिनामा विवाह गर्दैछन् । रोहनप्रित सिंह नामक पञ्जाबी गायकका साथ नेहा अक्टोबर २४ तारिखमा विवाह बन्धनमा बाधिने मितिसमेत तय गरिएको बताएका छन । तर, नेहाले आफ्नो विवाहको कुनै योजना नभएको बताएकी छन् ।

उनको विवाहको चर्चा चलेपछि नेहाका पूर्वप्रेमी हिमान्श कोहलीले विवाहका लागि अग्रिम शुभकामना दिएका छन् । नेहाको प्रेमीबारे आफूलाई जानकारी नरहेको भन्दै उनले भनेका छन्, ूउनको प्रेमी छ भनेर मलाई जानकारी छैन । यदि उनी विवाह गर्न गइरहेकी छिन्, म निकै खुसी छु । उनी आफ्नो जिन्दगीमा धेरै अगाडि बढिरहेकी छिन् । उनको साथमा धेरै छन् । मलाई त्यसैमा खुसी लाग्छ ।ू

यसअघि पनि उनी उदितनारायण झाका छोरा आदित्यसँग विवाह गर्ने भन्दै चर्चा चलेको थियो । तर, पछि गएर त्यो झुठा सावित भयो । इण्डियन आइडलको निर्णायकसमेत रहेकी नेहाको उक्त शो मै विवाहको चर्चा चलेको थियो ।