भक्तपुरका विभिन्न गेष्ट हाउसमा प्रहरीको छापा
प्रकासित मिति : २०७७ आश्विन २५, आइतवार
प्रकासित समय : [nepaliTime]
भक्तपुर, महानगरीय प्रहरी वृत्त थिमिले विभिन्न गेष्ट हाउसमा छापा मारेको छ । छापामार्दा अनैतिक गतिविधिमा संलग्न रहेको अभियोगमा गेष्ट हाउस सञ्चालकसहित १४ जनालाई पक्राउ गरेको छ ।
ठिमी क्षेत्रमा सञ्चालित विभिन्न गेष्ट हाउसमा लकडाउनपछि अनैतिक गतिविधि हुने गरेको गुनासो आएपछि छापा मारिएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले शनिबार खुलेकामध्ये ठिमी क्षेत्रका बालकुमारी, सुनकोशी र सनसाइन गेष्ट हाउसमा छापा मारी सात महिला लगायतलाई पक्राउ गरिएको जानकारी दिए।
यसैबीच शनिबार नै चिया पसलमा दैनिक जुवातास खेलाउने गरेको सूचनाका आधारमा प्रहरीले छापा मार्दा रु एक लाख नौ हजार ३०० सहित चार जनालाई पक्राउ गरेको छ ।

