फ्रेन्च ओपन इगाले जितिन्

एजेन्सी, पोल्याण्डकी १९ वर्षिया युवती इगा स्विएटेकले महिलातर्फको फ्रेन्च ओपनको उपाधि जितेकी छिन् ।

उनले कुनै पनि सेट नगुमाई उपाधि जितेकी हुन् । फ्रेन्च ओपनको इतिहासमा सेट नगुमाई उपाधि हात पार्ने इगा स्टेफी ग्राफ र जस्टिन हेनिनपछि तेस्रो खेलाडी हुन् ।

गएराति पेरिसमा भएको फाइनलमा चौथो वरियताकी अमेरिकन खेलाडी सोफिया केनिनलाई ६–४ र ६–१ को सोझो सेटमा हराइन् । उपाधिसँगै इगाले १।१ मिलियन डलर पाएकी छिन् ।