संस्थागत बिद्यालय शिक्षक युनियन सुर्खेतको प्रदशन

सुर्खेत, संस्थागत बिद्यालय शिक्षक युनियन सुर्खेतले बिरोध प्रदशन गरेको छ । बिगत ८ देखि ९ महिना सम्मको तलब नपाएको भन्दै सनिबार बिरोध प्रदशन भएको थियो ।

वारम्वार कर्णाली सरकारलाई ध्यानाकर्षन पत्र बुझाउदै आयपनि संस्थागत बिद्यालयका शिक्षकहरुको मागहरु संम्वोधन नभएको कारण जनाउदै बिरोध गरेका थिए । संस्थागत बिद्यालयका शिक्षकहरुलाई अनलाईन कक्षा पढाउनु पर्ने बाध्यता , तलब भताको कुनै सुनुवाइ नभएको र मजदुरहरुको श्रमलाई मुल्याङकन नभएको उनिहरुको दाबि रहेको थियो ।

बिरोध सभालाई संम्बोधन गर्दै प्याब्सु शिक्षक संघ सुर्खेतका सह- सचिब अक्कल सिजापति यसो भन्छन ” हाम्रो माग पुरा नभए आन्दोलनको स्वरुपलाई थप सशक्त पार्दै देशब्यापी रुपमा बिरोध प्रदशन गरिने बताएका छन । सरकारले हामि संस्थागत बिद्यालयका शिक्षकहरुलाई पढाई राख पैशा नउठाउ भनेको छ ” ।

लकडाउनले थलिएको शैक्षिक क्षेत्र केहि हतसम्मा माथि उकास्न अनलाइन कक्षाको ब्यवस्था गरीदै आईरहेको छ । सनिवार एरिचोकवाट सुरुभएको बिरोध प्रदशन बीरेन्द्रचोकमा गएर कोण सभामा परिणत हुदै समापन भएको थियो ।