नेपाली बजारमा सुनको मूल्य बढ्यो

काठमाडौं, आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोलामा ८ सय रुपैयाँले बढेर ९५ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

शुक्रबार सुन तोलाको ९४ हजार ८ सय रुपैयाँ थियो । आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदी प्रतितोलामा ४० रुपैयाँले बढेर एक हजार २ सय ३५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।