मनै लोभ्याउने मुड्केचुलाका हरिया डाँडा पाखा, यी हुन हेरिरहुँ लाग्ने दृश्य

हेर्नुस धित मरुन्जेल मनमोहक प्रकृति

डोल्पाको मुड्केचुला गाँउपालिका दुर्गम गाँउपालिका मध्य एक हो । हालसम्म सडक सञ्जालले नछोएको मुड्केचुला गाँउपालिकालाइ दक्षिणमा रुकुम, जाजरकोट उतरमा जुम्ला र पश्चिममा जुम्लाले घेरेको छ । आफनै मौलिक परम्परा रहेको मुडकेचुला गाउँपालिकाल बेग्लै पहिचान बोकेको छ ।

स्थानीय जीवनशैली, परम्परागत संस्कृति, प्राकृतिक स्रोत साधन, पर्यटनको प्रचुर संभावना, जल तथा जडिबुटीको पर्याप्तता यस क्षेत्रको मुख्य विशेषता हो ।

धार्मिक, साँस्कृतिक,प्राकृतिक बिबिधताले भरिपूर्ण यो क्षेत्र नमूना पर्यटकीय गन्तव्यका रूपमा विकास हुन सक्ने सम्भावना छ । जटील तर सुन्दर प्राकृतिक भूबनोटले मुड्केचुलालाई छुट्टै आकर्षण थपेको छ ।

त्रिवेणीबाट निकै डरलाग्दो अक्करे भिर पार गरेपछि देखिने सुन्दर हरिया मनमोहक डाँडाकाँडाले सबैको मन लाभ्याउछ । काञ्जिरोवा, नन्दचुली जस्ता हिमालको दृश्यले सबैको मन आनन्दीत पार्दछ ।

भिरालो बाटो काट्दा जिउ नै सिरिङ सिरिङ हुने यात्रा मुडकेचुला प्रवेश गरेपछि छुट्टै आनन्दको अनभूति हुन्छ । यहाँको जटील सामाजिक जीवन र धार्मिक परम्परा अर्को आकर्षण हो । बाक्ला कर्णालीका पहिचान बोकेका बस्ती यहाँका थप आकर्षणका केन्द्र हुन ।

बिभिन्न पाटन मुडकेचुला तिर्थस्थल, सुप्पाकुना गुफा प्रचुर पर्यटकीय सम्भावना बोकेका क्षेत्र हुन् । बन्दै गरेको जगदुल्ला जलविद्धुत आयोजनाले यहाँका स्थानीयलाई थप खुशि दिलाएको छ । कस्तुरी, डाँफे, रेडपाण्डा लगायत थुप्रै दुर्लभ वन्यजन्तु र यार्सागुम्बासहितका थुप्रै बहुमुल्य जडिबुटीको खानीका रूपमा यो क्षेत्रलाइ लिइन्छ ।

यस्ता छन केही दृष्यहरू