साझा पार्टीको प्रवक्तामा पाठक

काठमाडौं, साझा पार्टीले शरदराज पाठकलाई प्रवक्तामा नियुक्त गरेको छ ।

सहप्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका केन्द्रिय सदस्य पाठकलाई प्रवक्तामा नियुक्त गरिएको शनिबार प्रेस विज्ञप्तिमार्फत् जानकारी दिइएको छ ।उनी गत संघीय निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट उमेदवार बनेका थिए ।

ग्रामीण विकासमा स्नातकोत्तर गरेका पाठकले कालिका एफएम तथा रेडियो अन्नपूर्ण नेपालको समाचार प्रमुख र कान्तिपुर एफएमको सम्पादकीय टोलीका सदस्य भएर काम गरिसकेका छन् ।