नेपाली बजारमा सुनको मूल्यमा गिरावट

काठमाडौं, बुधबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोलामा ८ सय रुपैयाँले घटेर ९४ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ । मंगलबार सुन तोलाको ९४ हजार ९ सय रुपैयाँ थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदी तोलामा २५ रुपैयाँले घटेर १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।