नाजिरले गरे नयाँ चलचित्र साइन

काठमाडौं, कलाकार नाजिरले सेलिब्रिटी नेपालको ब्यानरमा बन्ने नयाँ चलचित्र साइन गरेका छन् ।

यो चलचित्रमा पटकथा तथा संवाद यम थापाको रहनेछ । चलचित्रका लागि निर्देशक र नायिका भने फाइनल भैसकेका छैनन् । चलचित्रको छायांकन फागुणबाट सुरु हुने योजना रहेको निर्माता रघुनाथ सापकोटाले जानकारी दिए ।

सामाजिक कथावस्तुमा बन्ने चलचित्रको नाम पनि फाइनल गरिएको छैन । नाजिरले यस अगाडि चलचित्र ‘हुतुतु’ साइन गरेका थिए । हाल उनी बसन्त निरौलाले निर्देशन गरिरहेको वेव सिरिजको काममा व्यस्त छन् ।