भारतीय कलाकार तमन्ना भाटियालाई कोरोना पोजेटिभ

एजेन्सी, दक्षिण भारतीय कलाकार तमन्ना भाटियालाई कोरोना पोजेटिभ भएको छ । एक वेब सिरिजको शूटिङका दौरानमा उनमा कोरोना संक्रमण भएको हो ।

कोरोनाका लक्षण देखिएपछि उनी हैदरावादको एक अस्पतालमा भर्ना भएकी छिन् ।यसअघि तमन्नाको बुबाआमामा पनि कोरोना संक्रमण देखिएको थियो । यसको जानकारी तमन्नाले सामाजिक सञ्जालमार्फत दिएकी थिइन् ।शूटिङका दौरान तमन्नाले कोरोना परीक्षण गराएकी थिइन् । उनमा कोरोना पोजेटिभ देखिएको थियो ।