आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सको तेस्रो जित

एजेन्सी,  यूएईमा जारी आईपीएलमा क्रिकेटमा दिल्ली क्यापिटल्सले तेस्रो जित निकालेको छ ।गएराति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई १८ रनले पराजित गर्दै दिल्लीले तेस्रो जित निकालेको हो ।नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली क्यापिटल्सले तेस्रो जित निकालेको छ ।

सारजाह स्टेडियममा भएको खेलमा दिल्लीले दिएको २ सय २९ रनको विशाल लक्ष्य पछ्याएको कोलकत्ताले २० ओभरमा ८ विकेट गुमाएर २ सय १० रन मात्र बनाउन सक्यो ।कोलकत्ताका लागि नितिश रानाले ५८ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै इयान मोर्गनले ४४ रन बनाउँदा राहुल त्रिपाठीले ३६ रन जोडे ।

शुबमन गिलले २८ रन जोड्दा आन्द्रे रसेलले १३ रन बनाए । कप्तान दिनेश कार्तिक ६ रनमै आउट भए ।दिल्लीका एन्रीच नोर्ट्जेले ३ विकेट लिए । यस्तै हर्सल पटेलले २ तथा अमित मिश्रा, मार्कुस स्टोनिस र कागिसो राबडाले १र१ विकेट लिए ।यस अघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर २ सय २८ रनको विशाल योगफल बनाएको थियो ।दिल्लीका लागि कप्तान श्रेयस आयर र पृथ्वी शले अर्धशतकीय इनिङ्स खेले ।

श्रेयसले ३८ बलमा अविजित रहदै ८८ रन बनाए । पृथ्वी ४१ बलमा ६६ रनको अर्धशतकीय इनिङ्स खेले ।ऋषब पन्तले ३८ रन जोड्दा शिखर धवनले २६ रन बनाए ।कोलकत्ताका आन्द्रे रसेलले दुई विकेट लिए । यस्तै भरुण चक्रवर्ती र कमलेस नगरकोटीले एक(एक विकेट लिए ।तेस्रो जितसँगै दिल्लीले ४ खेलमा ६ अंक जोडेको छ । दिल्ली तालिकाको शीर्ष स्थानमा समेत उक्लिएको छ ।