मुन्द्रेको कमेडी क्लबमा दीपाश्रीको ठाउँमा करिष्मा

काठमाडौँ, चर्चित रियालिटी शो मुन्द्रेको कमेडी क्लबमा अध्यक्षता ग्रहण गर्दै आएकी दीपाश्री निरौलालाई हटाइएको छ । उनको ठाउँमा अब चर्चित नायिका करिश्मा मानन्धरलाई देख्न सकिने भएको छ ।

रियालटी शो का सञ्चालक जीतु नेपालका अनुसार निषेधाज्ञा खुकुलो भएसँगै पुनः सुरू हुने कमेडीमा पहिलो सिजनभन्दा फरक स्वाद दिन केही हेरफेर गरिएको हो । पछिल्लो समय दिपाश्रीले राजेश हमाललाई महानायक होईन भनेर दिएको अभिव्यक्तिलाई लिएर विवादमा तानिएकी थिईन् ।

अब निषेधाज्ञापछिको पहिलो भाग २६ असोजदेखि हरेक सोमबार बेलुकी ८ः४५ मा प्रसारण हुनेछ । नयाँ सिजनमा करिश्मासँगै खड्गबहादुर पुन मगर पनि देखिने छन् ।