देउखुरीको सिसहनियाँबाट दुई लाख बढी नगद सहित १० जना जुवाडे पक्राउ

भालुवाङ, दाङको देउखुरीबाट दुई लाख बढी नगद सहित १० जना जुवाडे पक्राउ परेका छन् । जुवातास खेलिरहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटेको प्रहरी टोलीले शुक्रवार राती १०ः३५ बजेको समयमा राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँ बजारको दर्शन खाजा घरको कोठाबाट १० जना जुवाडेलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा राप्ती गाउँपालिका वडा नम्बर ८ का ३७ वर्षिय दिपेन्द्रविक्रम शाह, वडा नम्बर ५ का २९ वर्षिय मोहन गाहामगर, रोल्पाको सुनिल स्मिृति गाउँपालिका वडा नम्बर ७ का २८ वर्षिय नारायण रोकामगर, राप्ती गाउँपालिका वडा नम्बर ८ का ३० वर्षिय श्याम गुरुङ रहेका छन् । त्यसै गरी राप्ती गाउँपालिका वडा नम्बर २ का २८ वर्षिय बसन्त बेलबासे, वडा नम्बर ४ का ३० वर्षिय लक्ष्मण गिरी, वडा नम्बर ५ का ३० वर्षिय छोटेलाल चौधरी, वडा नम्बर ८ का ४५ वर्षिय बेलसिंह भैयामगर ,राप्ती गाउँपालिका वार्ड नम्बर २ का बर्ष ३० का बिक्रम राना र वडा नम्बर २ का ३८ वर्षिय युवराज बुढा पक्राउ परेका छन् । प्रहरीले उनीहरुको साथबाट २ लाख ६० हजार १ सय २५ रुपैयाँ नगद सहित खोलेको तास ४ गड्डी र नखोलेको तास ४२ गड्डी सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।