कोहलपुरलाई आधुनिक शहर बनाउने आधार स्तम्भ तयार हुदैछ : सांसद अथक (भिडियोसहित)

कोहलपुर, बाँके प्रतिनिधि सभा सदस्य महेश्वर गहतराज अथकले कोहलपुरलाई आधुनिक शहरका रुपमा बिकास गर्ने आधार स्तम्भ तयार भैरहेको बताएका छन । कुसेन्युजसंगको बिशेष कुराकानीमा सांसद गहतराजले कोहलपुरलाई सबै हिसाबले नमुना बनाउने योजनमा प्रतिबद्ध रहेको बताएका हुन ।

उनले राप्तीसोनारी, नरैनापुरलाई बिकासको बिशेष ढंगले हेरेको भन्दै सोही अनुसार बिकासे योजना बढिरहेको बताए । उनले भने नरैनापुर अँध्यारो थियो उज्यालो भयो राप्तीसोनारी पनि हुदैछ यस हिसाबले अब छिटै केहि गर्ने योजनामा छु । सांसद गहतराजले आफु बिकासको लागि प्रतिबद्ध भएको बताए । आफु आफनो निर्वाचन क्षेत्रको बिकासको लागि चिन्तित रहेको उनको भनाई छ ।

(भिडियोसहित)