आईपीएलमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलोर भिड्दै

काठमाडौँ, युएईमा जारी १३ औं संस्करणको आईपीएलमा आजको पहिलो खेलमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुँदैछ ।यी दुई टोलीबीचको नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।दुवै टोली तेस्रो जितको खोजीमा छन् ।

स्टिभ स्मिथको कप्तानीमा रहेको राजस्थान बैंगलोरलाई पराजित गर्दै शीर्ष स्थानमा समेत उक्लन चाहन्छ भने विराट कोहली कप्तान रहेको बेंगलोर पनि जितको खोजीमा हुनेछ । दुवै टोलीले ३ खेलमा २ मा जित र १ मा हार व्यहोरेका छन् । राजस्थानका स्मिथ र सन्जु स्यामसन उत्कृष्ट लयमा छन् तर, सुरुवाती तीन खेलमा कोहलीको प्रर्दशन खराब छ ।

यस्तै, आजको दोस्रो खेलमा भने नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्स र कोलकता नाइट राइडर्स भिड्दैछन् । दिल्ली र कोलकताको खेल भने नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ । यी टोली पनि तेस्रो जितको खोजीमा हुनेछन् । दुवै टोलीले ३ खेलमा २ जित हशात पारेका छन् ।