अबैध भारतीय रकम सहित एकजना पक्राउ

कपिलवस्तु, शसस्त्र प्रहरी बल कृष्णनगर कपिलवस्तुले कृष्णनगरमा भारतबाट अबैध रुपमा भित्राईएको ४ लाख भारतिय रकम सहित एकजना पक्राउ गरेको छ ।कृष्णनगर नगरपालिका वडा नम्बर ३ लक्ष्मीनगरबाट विशेष सूचनाको अधारमा शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कृष्णनगर कपिलवस्तु प्रमुख सशस्त्र प्रहरी निरिक्षक निरन्जन राज कार्कीको कमाण्डमा खटिएको सात जनाको मोबाइल टोलीले शुक्रवार साझ करिब ६ बजेको समयमा सो रकम सहित मानिस नियन्त्रणमा लिएको हो ।

उक्त टोलीले भारतबाट नेपाल आउदै गरेका कृष्णनगर नगरपालिका वडा नं २ बस्ने अन्दाजी ५४ बर्षका पप्पु गुप्ता लाई बिशेष सूचनाको आधारमा चेक जांच गर्दा निजले लुकाई ल्याउदै गरेको चार लाख भारतीय अबैध रकम बरामद गरेकाे हाे। सो रकम ५०० को ४०० थान र २००० को १०० थान गरि भारतीय चार लाख रहेको जस्को नेपाली रकम छ लाख चालिस हजार हुन आउछ।

आवस्यक कार्यवाहीको लागी राजस्व अनुसंधान कार्यालय बुटवल रूपन्देहीमा बुझाउने शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कृष्णनगर कपिलवस्तु प्रमुख सशस्त्र प्रहरी निरिक्षक निरन्जन राज कार्कीले जानकारी दिए ।