साडियो मानेलाई कोरोना संक्रमण पुष्टि

एजेन्सी, लिभरपुलका फरवार्ड साडियो मानेलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

परिक्षणको क्रममा २८ वर्षिया मानेलाई कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण देखिएसँगै उनी आईसोलेसनमा बसिरहेका छन ।भाइरसको सामान्य लक्षण देखिए पनि समग्रमा स्वास्थ्य अवस्था राम्रो रहेको क्लबले जनाएको छ ।

कोरोना संक्रमण देखिएपछि उनले अब प्रिमियर लिगमा एस्टन भिल्लाबिरुद्धको खेल गुमाउने भएका छन ।