को रोएन?

कबिता

 

मिसन र भिजनसहित
यमराजको दुत बनेर आयो
र मान्छेसँग मीत लगायो।
वातावरणीय प्रगाढतामा लिप्त भै
ढलो मीतको सम्बन्ध दिलायो।
अनुकुल,स्वच्छ त्यो पर्यावरण

प्रदुषित बनायो। उदासीन बनायो।
धनीहरुको त्यो बहुमुल्य धनदौलत,सुनमाल चिनेन।
गरिबहरुको त्यो निस्वार्थ मन चिनेन।
लालाबालाहरुको वृद्धिबिकास हुँदै गर्दाको खेलमैदान चिनेन
र हर्षको दुबोमा सिँचाइ हुन नदिएर पथरिलो बनाइदियो।

वयस्कहरुको त्यो इलमलाई चिनेन
र ताल्चा लगाइ चाबी आफ्नो अधिनमा लियो।
वृद्धहरुको अझै दुईचार वर्ष संचित गर्नसक्ने
उमेरको त्यो भोठे ताल्चा क्षणभरमै उघारीदियो।
समुहमा बस्नलाई होम शब्द सुनेका हामी
आज एक्लै बस्ने( आइसोलेशन चिनायो।

क्वारेन्टाइन चिनायो।
स्वास्थ्य जाँच गर्दा एक्सरे मात्र गरेका हामी
आज पिसीआर परिक्षणको छाप लगाई
पोजेटिभ र नेगेटिभको बिल्ला ओढायो।
ञनेगेटिभझनकारात्मकताको आभाष दिलाउने शब्द
आज सकारात्मकताको उपज पायो।

सदियौं कालखण्ड देखी सुन्दै आएका,
अल्सर,क्यान्सर,मधुमेह
हात्तीपाइले,डेङ्गु,स्वायन फ्लू
यावत प्राणघातक रोगहरु बिलिन बनायो।
स्कुलमा गुरुहरुबाट नैतिक अनुशासनको पाठ पढाउदै गर्दा
मास्क,मुकुन्डोधारीलाई सज्जनको नाम दिलाउन नङ्ग्याइयो।
तर आज ठीक उल्टो सुरक्षा कवजको रुपमा पहिरिरहनु परेको छ।

ए कोरोना,
आज को रोएनरु
आस्तिकहरु पनि रोए।
नास्तिकहरु पनि रोए।
खुसीहरुको आशामा खहरे भेल बगायो।
फक्रीएर सुवास छाउने प्रतीक्षामा तल्लीन
त्यो हरियाली,रङ्गीबिरङ्गी बगैंचामा डढेलो लगायो।
परिणाम मृत्युलाई भण्डारण गरी
चिहानहरुको भोजनालय बनायो।।

भेरी न.पा-९ जाजरकोट