नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु

ज्यान गुमाउनेको संख्या ५०९

काठमाडौँ , नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५०९ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९११ जनामा कोरोनाको संक्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ७९ हजार ७२८ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ५७ हजार ३८९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ९६१ जना उपचारपछि डिस्चार्ज भएका छन् ।