नेपालमा कोरोना संक्रमनबाट थप ७ जनाको मृत्यु

ज्यान गुमाउनेको संख्या ४९८

काठमाडौँ , नेपालमा कोरोना संक्रमनबाट थप ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४९८ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५५९ जनामा कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ । संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ५६ हजार ४२८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १०५७ जना उपचारपछि डिस्चार्ज भएका छन् ।