उपत्यकामा थप ९०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपालमा थप १०५७ जना डिस्चार्ज

काठमाडौँ , उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका ६९७, ललितपुरमा ११२ र भक्तपुरमा ९३ जनामा कोरोना संक्रमण देखिएको हो । मंगलबार मात्र उपत्यकामा ९३४ कोरोना संक्रमित थपिएका थिए ।नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५५९ जनामा कोरोना संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ । संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ५६ हजार ४२८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १०५७ जना उपचारपछि डिस्चार्ज भएका छन् ।