अमिताभ बच्चनले अंग दान गर्ने घोषणा

काठमाडौँ, बलिउडका अभिनेता अमिताभ बच्चनले अंग दान गर्ने घोषणा गरेका छन् ।

बुधवार सामाजिक सन्‍जाल ट्वीटरमार्फत बच्चनले हरियो रिबन लगाएको तस्बिर सेयर गर्दै अंग दान गर्ने प्रतिज्ञा गरेका हुन् । ‘मैले एक शपथ लिइसकेको छु कि म अर्गान डोनर हो। यो हरियो रिबन यसको पवित्रताका लागि पहिरिएको हुँ।’ उनले भनेका छन् ।