लोकसेवाको परीक्षा तालिका सार्वजनिक

काठमाडौं, लोक सेवा आयोगले कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण रोकिएका परीक्षाहरु कात्तिक र मंसिरमा पुनः सञ्चालन गर्ने निर्णय गरेको छ ।

आयोगले बुधबार एक सूचना जारी गर्दै शाखा अधिकृत र नायव सुब्बा पदको लिखित परीक्षाको तालिका सार्वजनिक गरेको छ ।

सूचनाअनुसार शाखा अधिकृतको परीक्षा कात्तिक १८ गते र नायब सुब्बाको परीक्षा मंसिर ८ गते सुरु हुनेछन्। यस्तै सुब्बा पदको द्धितीय र तृतीय पत्रको परीक्षा मंसिर ७ देखि १२ गतेसम्म हुनेछ ।