नेपाल समाजशास्त्र संघको कर्णाली प्रदेश स्तरिय समिति गठन सम्पन्न

सुर्खेत, नेपाल समाजशास्त्र संघको कर्णाली प्रदेश स्तरिय समिति गठन भएको छ ।नेपाल समाजशास्त्र संघका केन्द्रिय सचिब नरेन्द्र आर सीको प्रमुख आतित्यमा प्रदेश स्तरिय समिति गठन सम्पन्न भएको हो ।

मध्यपच्शिमाञ्चल बिश्वबिद्यालयमा वेद प्रशाद ढकाल संयोजक रहने गरी सात सदस्यिय नेपाल समाजशास्त्र संघको प्रदेश स्तरिय समिति गठन भएको थियो । समितिको सदस्यमा सुर्यनाथ योगी, ओम प्रकाश थापा, टेक बहादुर शाही, हरी बहादुर सिंह, निरा भट्टराई र सिता वली रहेका छन ।

दिपक सिंह ठकुरीले कुसे न्यजलाई जानकारी दिदै समाजशास्त्र संघका केन्द्रिय सचिव नरेन्द्र आर सीको विशेष उपस्थितिमा मंगलवार सुर्खेतमा भएको भेलाले ढकालको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको थियो ।