आईपीएल क्रिकेटआजराजस्थान रोयल्स र कोलकता नाइट राइडर्सबीच प्रतिस्पर्धा

काठमाडौँ, यूएईमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट अन्तर्गत आज राजस्थान रोयल्स र कोलकता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ ।राजस्थान र कोलकताबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेको राजस्थान लगातार तेस्रो जितको खोजीमा छ । स्टिभ स्मिथको कप्तानीमा रहेको राजस्थानले यसअघिका दुई खेलमा क्रमश २१६ र २२६ रन जोड्दै उत्कृष्ट जित निकालेको थियो । सन् २०१५ मा राजस्थान रोयल्सले पहिलो पटक आईपीएलमा लगातार तीन खेलमा जित निकालेको थियो ।

यता, एक खेलमा जित र एक खेलमा हार ब्यहोरेको कोलकता भने राजस्थानलाई रोक्न चाहन्छ । दिनेश कार्तिकको कप्तानीमा मैदान उत्रने कोलकत्ता दोस्रो जितको खोजीमा हुनेछ । हेड टु हेडुु हेर्ने हो भने राजस्थान र कोलकत्ता समान देखिन्छ । यी दुई टोलीबीचका २१ खेलमा दुवै टिमले समान १०र१० जित निकालेका छन् भने एक खेल नतिजाबिहीन भएको थियो ।