उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौँ , उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका ७४७, ललितपुरमा ११४ र भक्तपुरमा ७३ जनामा कोरोना संक्रमण देखिएको हो । सोमबार मात्र उपत्यकामा ८१७ कोरोना संक्रमित थपिएका थिए ।नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५१३ जनामा कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ५५ हजार ३७१ पुगेको छ ।पछिल्लो २४ घण्टामा थप ७३१ जना उपचारपछि डिस्चार्ज भएका छन् ।