प्रदेश सभा सदस्य सिग्देललाई कोरोना संक्रमन पुष्टि

हेटौंडा, बागमती प्रदेश सभा सदस्य तथा नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देललाई कोरोना संक्रमन पुष्टि भउको छ ।

असोज ५ गते हेटौंडाबाट काठमाडौ गएपछि रुघाखोकी लागेर लक्षण देखिएपछि पिसिआर चेक गर्दा पोजेटिभ आएको सिग्देलले बताइन्। सिग्देल काठमाडौ मै होम आईसोलेसन रहेकी छिन्।

अहिले उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । उनी प्रतिनिधि सभा सांसद विरोध खतिवडाकी श्रीमती तथा मिस नेपाल २०१८ शृङ्खला खतिवडाको आमा हुन्। सिग्देलको परिवारका सदस्यहरुलाई भने कोरोना देखिएको छैन।